Rule 10
आधिकारीक ट्रेड युनियनको निर्वाचन :

कामदारहरूको तर्फबाट व्यवस्थापकसँग सामूहिक सौदावाजी गर्न कुनै प्रतिष्ठानस्तरको युनियनलाई आधिकारीक ट्रेड युनियनको मान्यता दिने प्रयोजनको निमित्त सो प्रतिष्ठानस्तरको ट्रेड युनियनले कामदारहरूको बहुमत प्राप्त गरेको नगरेको कुराको निर्धारण गर्न पंजिकाधिकारीले निर्वाचन गराउनु पर्नेछ ।